बक्यौता तिर्नुपर्ने बिद्युत महशुल असुल गरौँ : महासचिव बास्तोला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने बिद्युत महशुल असुल उपर गर्न सरकार सँग माग गरेका छन् ।

लामो समय देखी विधुत महसुल नतिर्ने ठुला उद्योगहरुको लाइन जोड्न सरकारले विधुत प्राधिकरणलाई दिएको निर्देशन प्रति आपत्ति जनाउदै महासचिव बास्तोलाले उद्योगी भनिएकाहरुबाट पूर्ण महसूल असुल गरी साना किसान, घरेलु उद्योग र सर्वसाधारणको विद्युत महसुल मिनाह गर्न माग गरेका छन् ।

६१ उद्योगीले उक्त अवधिमा प्रयोग गरेको विद्युतको महसुल २२ अर्व २४ करोड उठेकोमा यसअघि नै मन्त्रिपरिषद् बैठकबाट छुट दिएर आठ अर्व २६ करोड कायम गरिएको बताउदैं उनले आमजनताले मिटर रिडिङ गरेको ६० औं दिनसम्म पनि महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिदिने गरेको, दुई पटक गरेर २२ अर्व २४ करोड रुपैयाँ मिनाह गर्नु र सर्वसाधारण जनतासंग एक पैसा पनि नछोड्नुले यो सरकार पूँजीपतिको त हुँदै हो, त्यसमा पनि दलाल, नोकरशाह र यहाँका विचौलीयाको भन्ने तथ्यलाई पुष्टि गरिएको समेत महासचिव बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।