मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन । चितवनमा मानिसलाई आक्रमण गरि घाइते बनाउने बाघको डार्ट सफल भएको छ । नारायणी किनारमा झण्डै १५ घण्टापछि बाघ नियन्त्रणमा लिइएको हो ।

मानिसलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राती नियन्त्रणमा लिएको छ । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान भरतपुर–२ का पशुपति श्रेष्ठलाई सो बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले डार्ट गरी बेहोस बनाएर २.७७ मिटर लामो भाले बाघ नियन्त्रणमा लिएका हुन् ।