कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५२ दशमलब ९१  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ ।

नतिजा अनुसार सबै विषयमा अनुपस्थित परीक्षार्थी संख्या पाँच हजार छ सय ३२ छ भने एक सय दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेबाट सञ्चालन भएको थियो ।

नतिजाको पूर्ण विवरण :