दुर्घटना ग्रस्त सौर्य जहाजमा थिए १९ जना

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको पाइएको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

जहाजमा १९ जना सवार रहेको जनाइएको छ भने उद्धारकर्ताले केहीको शव निकालेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।