केन्द्राध्यक्ष माथि क्रान्तिकारीले दल्यो कालोमोसो

काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दैं दक्षता इन्टरनेशन स्कुलका केन्द्राध्यक्षलाई कालोमोसो दलिएको छ ।

हालै सन्चालन भइरहेको स्नातक तहको प्रथम बर्षको परिक्षामा सहभागी एक छात्रालाई केन्द्राध्यक्ष सुदर्शन जमरकट्टेलले यौन दुर्वयवहार गरेको भन्दै मंगलबार कालोमोसो दलेर कारबाही गरिएको नेकपा (बहुमत) निटक अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

केन्द्राध्यक्ष जमरकटेलले पहिलो वर्षको व्याक पेपरको परिक्षा दिने छात्रालाई पास गराई दिन्छु भन्नी यौन पस्ताव राक्ने राखेको आरोप छ ।

अखिल (क्रान्तिकारी) का काठमाडौं जिल्ला संयोजक हस्त विकले एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षा चलिरहेको बेला सोही क्याम्पसका तथा कथित केन्द्राध्यक्ष सुदर्शन जमरकट्टेलले परिक्षामा सामेल छात्रालाई बिनाकारण एकान्त कोठामा लिई चुकुल लगाएर छात्रालाई डराई धम्काई यौनजन्य दुर्व्यवहार गरेको प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले घटनामा संलग्न दोषिलाई हदैसम्मको कार्बाही सहित पिडित छात्रालाई परीक्षादिने वातावरण सहित न्याय दिन जोडदार माग गर्दै पीडित छात्रालाई न्याय नदिएर बेवास्ता गरिए हाम्रो संगठन शसक्त रुपमा संघर्ष गर्न समेत चेतावनी दिए ।