‘ए हावा’मा गीता र सागरको प्रेमकथा

काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै सङ्गीत तथा देवेश राईको एरेन्ज छ ।

प्रेमिल भावको गीत ‘ए हावा’ को म्युजिक भिडियोमा गीता ढुंगाना र सागर खनालको अभिनय छ ।  भिडियोमा एकजोडी प्रेमीको प्रेमकथा देखाइएको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र माधव बेलबासेको सम्पादन छ । भिडियो क्रिस्टल क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतकार योञ्जनको यस अगाडि ‘फिदा’ ‘पानी पिउने’, ‘सरु सरु लाग्यो’, ‘कालापानी’,‘थाहा छैन’ लगायतका गीत बाहिर आएका छन् ।