महान्यायाधिवक्ता बडालद्वारा शपथग्रहण

काठमाडौं, नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियोे।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।