क्रान्तिकारी माओवादी र नेकपा बहुमत विचको एकता भंग

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीचको पार्टी एकता भंग भएको छ ।

गत बर्षको वैशाख १८ गते दुई पार्टीहरु विच एकता घोषणा भएर क्रान्तिकारी कम्यनिस्ट पार्टी, नेपाल बनेको थियो । करिब १ बर्ष पश्चात उक्त पार्टी एकता भंग भएको भन्दै नेता धर्मेन्द्र बास्तोलाले मंगलबार प्रेस वक्तव्य मार्फत जानकारी दिए । नेता बास्तोला उक्त पार्टीका सह-संयोजक हुन् ।

यस्तो छ वक्तव्य