बालुवाटार सरे प्रधानमन्त्री
प्रकासित मिति : २०८१ असार ३२, सोमबार २३:०९
प्रकासित समय : २३:०९
काठमाडौं। प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटार सरेका छन् । सोमबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन उनी बालुवाटार निवास सरेका हुन् ।
ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार सोमबार दिनभरिको काम सकेर ओली बालुवाटार पुगिसकेका छन् ।
सोमबार बालकोट निवासबाट शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओली त्यसपछि सहिद स्मारक गएका थिए । फर्केर एमाले कार्यालय च्यासल गए । सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् बैठक राखे । साँझ उनी बालुवाटार निवास पुगेका हुन् ।