अनुसन्धानको सुई कसैको ढोकामा पुगेपछि रातारात सरकार ढल्यो : रवि लामिछाने

काठमाडौं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले ‘हाइ प्रोफाइल’ हरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् । सुशासनका काममा आफूलाई सहयोग गरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद समेत दिएका छन् ।

प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने

स्थायित्व र राष्ट्रिय एकताका लागि भनिएपनि वास्तवमा यो सहमति सरकारले सुशासन कायम गर्न थालेको अनुसन्धानका कारण उत्पन्न भएको बताए । सरकार भन्दा प्रतिपक्षमा बस्दा नै रास्वपालाइ राम्रो हुने बताएका उनले प्रचण्डले सरकार चलाउदा पूर्ण रूपमा सहयोग गरेकोमा धन्यवाद दिए ।

मुलुकलाइ निकाश दिने कुरामा र देशमा सुशासन कायम गर्नका लागि प्रचण्डले साथ र सहयोग दिएको उनले बताए। रास्वपा सरकारका कामबाट पूर्ण सन्तुष्ट हुन नसकेको बताएका उनले विभिन्न अवरोधहरूका कारण चाहेजति गर्न नसकेको बताए ।