शुल्कको बहानामा विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित, विद्यालयमा लाग्यो कालोव्यानर

नेपालगन्ज । समयमै शुल्क नदिएको वहानामा कोहलपुरको व्रिज इन्टरनेशनल स्कुलले विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित गराएको हो ।

भनेको समयमा विद्यालयमा तिर्नुपर्ने शुल्क नतिरेको भन्दै कक्षा ९ मा अध्यायनरत एक विद्यार्थीलाई विद्यालयले लिने आन्तरिक परिक्षा दिनबाट बन्चित गराएको हो ।

बालमनोविज्ञान र न्युनतम मानवियताको समेत ख्याल नगरेर विद्यालयले विद्यार्थीलाई परिक्षादिनबाट बन्चित गराएको भन्दैं उक्त विद्यालयको गेटमा बिरोध स्वरुप अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थी संगठनले कालो व्यानर लगाएको छ ।

संगठनको कोहलपुर नगरसमितीले लगाएको उक्त व्यानरमा शिक्षामा ब्यापार गर्न बन्द गर, शैक्षिक माफिया होशियार! शुल्क नदिएको भन्दै विद्यार्थीलाई परिक्षा दिन बाट बन्चित गर्ने कार्य तत्काल बन्द गर लगायतका नारा लेखिएको छ ।

नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा स्विकार गरिसकेपछी पैसाकै कारण देखाएर विद्यार्थीलाई पढनबाट बन्चित गर्न नहुने अनेरास्ववियू (क्रान्तिकारी) का बाँके जिल्ला अध्यक्ष तपेन्द्र न्यौपानेले बताए ।

अभिभावक संग शुल्क कै कुरा भएपनी अन्य तमाम बाटाहरु भएपनी विद्यार्थीलाई परिक्षादिनबाट बन्चित गराएर विद्यालय प्रशासनले अपराधिक तरिका अपनाएको बताए ।

त्यस्तै उक्त विद्यालयका सन्चालक तथा प्रिन्सिपल शमिर घर्तीले केही समय देखिको विद्यालयमा बाँकि तिर्न पर्ने शुल्क नतिरेको कारण विद्यार्थीलाई परिक्षा दिन रोकेर बुधबार घर पठाइएको स्विकार गरेका छन् । उनले विद्यालयले लिन पर्ने शुल्क बाकि रहेकोले अभिभावकलाई बोलाएर ल्याउन भनि उक्त विद्यार्थीलाई घर पठाएको बताए ।