एमाले-कांग्रेस गठबन्धन पश्चगमनको नयाँ रुप : नरेन्द्र पाण्डे

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डे (जेम्स) ले कांग्रेस-एमाले बिचको सहमति र गठबन्धन पश्चगमनको नयाँ रुप भएको बताएका छन् ।

माओवादी केन्द्रका बाँके जिल्ला संयोजक समेत रहेका नेता पाण्डेले एक विज्ञप्ति जारी गर्दै समानुपातिक समावेशिता, सङ्घीयताष धर्म निरपेक्षतालाई समेत मास्ने गरि दुई धुव्रका काँग्रेस र एमाले बिच भएको सम्झौता र गठबन्धन पश्चगमनको नयाँ रुप भएको बताएका छन् ।

जनतालाई परिवर्तनको अनुभूत गराउने गरि लोकतान्त्रीक गणतन्त्र लाई संस्थागत गर्ने गरि भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, जनजिविकालाई सहज बनाउने गरि सरकारले काम गरि रहेको समेत पाण्डेद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

हाल सम्म पनि सार्वजनिक नगरिएको उक्त कांग्रेस-एमाले बिचको उक्त कालो सम्झौताले जनताको परिवर्तनको चहाना भन्दा देशलाई पश्चगमन र दुई दलीय एकाधिकारवाद तर्फ लैजाने समेत नेता पाण्डेको आरोप छ ।

उनले सुशासनका लागी प्रचण्ड सरकारले विगत देखीका भ्रष्टाचारका फाइलहरू एक एक खोली रहेको, पूर्व गृहमन्त्री लगायतका शासकीय अधिकारमा रहेका व्यक्तिहरू छानबिन र कार्यवाही पर्नु, सरकारले भु माफियाहरूको चङ्गुलमा परेको गिरी बन्धु टि स्टेट, टीकापुर जग्गा काण्ड, सुन काण्ड, लगायतका दर्जनौ काण्डहरूको छानबिन अगाडि बढाई रहेको सन्दर्भमा एकाएक सरकार परिवर्तन र परिवर्तनका एजेण्डा मास्ने गरि गरिएको संविधान संशोधनको सम्झौताको प्रतिरोध उत्रने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

यस्तो छ विज्ञप्ति