‘प्रतिस्ठानको नाममा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरण बड्यो’

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका प्रतिस्ठानहरुको वैज्ञानिक शुल्क निर्धारण गर्न माग गरेको छ ।

प्रतिस्ठानको नाममा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरण बडेको भन्द परिषदका सदस्य सचिव महेश भट्टराई समक्ष संगठनले ज्ञापनपत्र बुझाएको हो ।

संगठनको विश्वविद्यालय तथा सिटिइभिटी प्रदेश समितीका संयोजक डिबी शाहीद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा पछिल्लो समय सिटिइभिटीले कथित गैरनाफामुलक भनिएका प्रतिष्ठानलाई भटाभट विभिन्न चलखेलका आधारमा सम्बन्धन बाँडिरहेको र गैरनाफामुलक भनिएपनि ति प्रतिष्ठान कुनैपनि मानेमा निजी शिक्षण संस्थाभन्दा भिन्न नरहेको उल्लेख छ ।

साथै प्रतिष्ठानहरूमा विभिन्न भत्ताका नाममा ब्रम्हलुट मच्चाउने गरेको र यसले झन् प्राविधिक शिक्षामा नयाँ प्रकृतिको निजिकरण र व्यापारिकरणलाई प्रश्रय दिएको, यस्ता संस्थाहरूले लिने शुल्क समेत निजी लगानिद्वारा सञ्चालित शिक्षण संस्थाले लिने सरहरहेको, यस्ता शिक्षण संस्थाहरू आधारभुत जनताका छोराछोरीको पहुँचभन्दा बाहिर रहेको संगठनका संयोजक शाहीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा बताइएको छ ।

त्यस्तै ज्ञापनपत्रको अन्तमा, ‘गैरनाफामुलक भनेर सरकारबाट कर छुट र सजिलै सम्बन्धन लिने तर नाफालाई विभिन्न बहानामा बाँडेर खाने ती प्रतिष्ठानहरूमा हाम्रो सङ्गठन उक्त मनोमानी शुल्क तत्काल घटाएर न्यायोचित र वैज्ञानिक शुल्क निर्धारण गर्न माग गर्दछ । अन्यथा यसको विषयमा सङ्गठन थप सङ्घर्ष गर्न बाध्य हुनेकुरा समेत जानकारी गराउन चाहन्छ ।’

यस्तो छ ज्ञापनपत्र