आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी केसी पक्राउ

बिरेन्द्रनगर । सुर्खेत प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भई वारदात मिति देखी नै भागी फरार रहेका प्रतिवादी ज्ञान बहादुर केसीलाई प्रहरीले गएको शुक्रबार प्रकाउ गरेको हो ।

उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ०७ स्थित लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र देव विश्वकर्माले जानकारी दिए ।

प्रतिवादी केसीलाई हिरासतमा राखिआवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।