कमलबजार-६ का गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार
प्रकासित मिति : २०८१ असार १९, मंगलवार १०:३४
प्रकासित समय : १०:३४
अछाम । अछामको कमलबजार नगरपालिका – ६ मा गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप वितरण गरिएको छ ।
सुत्केरी संग उपप्रमुख कोसेली कार्यक्रम अन्तर्गत कमलबजार नगरपालिका वडा नं. ६ विरपथका गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप प्रदान गरिएको गरिएको वडा नं. ६ का वडाध्यक्ष लालबहादुर शाहले जानकारी दिनुभयो ।
वडाध्यक्ष शाहका अनुसार सुत्केरी र नवजात शिशुहरूको पोषणमा सुधार ल्याउने योजना अनुरुप वडामा रहेका ७३ जना सुत्केरी तथा गर्भपति महिलालाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप वितरण गरिएको हो ।
उक्त कार्यक्रममा कमलबहादुर नगरपालिका – ६ का वडाध्यक्ष लालबहादुर शाह, वडा सदस्य प्रेम बहादुर शाही, वडा स्वास्थ चौकी प्रमुख आशिका तामाङ लगायत बिभिन्न आम सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।