खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न

अछाम, करोडौ लागतमा निर्मित अछामको कमलबजार -६ विरपथ स्थित खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

एक करोड १२ लाखको लागतमा निर्माण भएको खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए पछि आइतबार अनुगमन गरिएको हो ।

उक्त आयोजनाको कमलबजार नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । अनगुमनमा कमलबजार नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर शाह, ईन्जिनियर मदन भण्डारी, योजना शाखा प्रमुख विरेन्द्र तिमिल्सैना लगायतको सहभागीता रहेको थियो ।

१ करोड १२ लाख लागतमा निमार्ण भएको खोला गैरिटाँड खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत ६ वटा ट्याङ्कि, ११९ वटा धारा निमार्ण गरिएको छ । यसका साथै सरसफाईका लागी फोहोर संकलन गर्ने पक्की खाल्डो भाडा सुकाउने च्याङ् फिल्टर लगायतका संरचना पनी बनेका खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष आदम बहादुर शाहीले बताए ।

खानेपानीको निकै अभाव खेपिरहेका नागरिक घर आगनमै पिउने पानीको धारा बनेपछि खुसीले गदगद भएका छन ।
खानेपानीका क्षेत्रमा काम गर्ने हेल्भेटास, रुडेक तथा कमलबजार नगरपालिकाका संयुुक्त लागत साझेदारीमा योजना सञ्चालन भएको हो । तस्बिर – हिक्मत नेपाली