रास्वपा अनुशासन आयोगले किन सोध्यो ? महामन्त्री ढकाललाई स्पष्टीकरण

जवाफ नदिने अडानमा महामन्त्री ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगले महामन्त्री महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । अहिलेकै अवस्था रहे रास्वपा सकिने भन्दै प्रतिवेदन दिएका महामन्त्री डा. मुकुल ढकाललाई अनुशासन आयोगले स्पष्टीकरणपत्र थमाइएको हो । शुक्रबार उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

महामन्त्री ढकालले देश दौडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादा समेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ । तर, ढकालले आफूलाई पार्टी सभापतिले स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भने, ‘कुनै वडाध्यक्षले स्पष्टीकरण सोध्न मिल्दैन, स्पष्टीकरण सोध्ने अधिकार सभापतिलाई मात्र छ, उहाँले सोध्न सक्नुहुन्छ । अरु त मेरो इनबक्समा कसले के–के पठाउँछ ।’

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी दिइन् । ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन गत बुधबार पार्टी सभापतिलाई प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनबारे ढकालले पार्टीमा कालो बादल लागेकाले सर्जरी गर्नुपर्ने अवस्था रहेको समेत बताएका थिए । उनले यो प्रतिवेदन बुझाएपछि महामन्त्रीबाट घोक्रेठ्याक लगाउन सक्नेस मेत आशंका व्यक्त गरेका थिए ।