रामबहादुर बमजन बाल यौन दुराचारी ठहर

काठमाडौं । आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्ने रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणको निम्ति आगामी असार १७ गते पेशी तोकिएको छ ।

उनी गत पुस २४ गते बुढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेका थिए । प्रहरीले उनको घरबाट तीन करोड नेपाली रुपैयाँ र ४० लाख बराबरको विदेशी मुद्रा फेला पारेको थियो ।

बमजनको आश्रममा बस्दै आएका तीन जना आनी र दुई युवा बेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए । यो सँगै उनले कयौ युवतीमाथि यौन शोषण र बलात्कार गरेको घटना पनि सार्वजनिक भएको थियो ।