महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गरौं : रुपा बुढामगर

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) की नेतृ रुपा बुढामगरले महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई ध्वंश गर्नुपर्ने बताएकी छन् ।

संगठनको केन्द्रीय समितीको तर्फबाट बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय छात्रा विभाग प्रमुख समेत रहेकी नेतृत्व बुढामगरले महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यतालाई त्यसको ध्वंश गर्नु अनिवार्य रहेको बताएकी हुन् ।

नेतृ बुढामगरले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ मा छाउगोठमा बसिरहेकी एक १६ बर्षीय किशोरीमाथि मध्यरातमा बलात्कार भएको घटनाप्रति हाम्रो संगठन गम्भीर ध्यानाकर्षण भएको बताउदै उक्त घटनाको भर्त्सना समेत गरेकी हुन् । साथै उक्त विज्ञप्तिमा बलात्कारको घटनालाई लुकाउन पिडित किशोरीलाई समयमै उद्धार र उपचारको साटो छारेरोग लागेर बेहोस भएको भन्दै स्थानीयहरू पन्छिएकोप्रति खेद व्यक्त गरिएको छ।

‘आजको समयमा पनि किशोरीहरू महिनावारीको समयमा घरमा स्वस्थ र सुरक्षित तवरले बस्न पाउने अधिकार विपरीत छाउगोठमा बस्नुपर्ने जुन महिलाद्वेषी सामाजिक साँस्कृतिक मान्यता छ । त्यसको ध्वंश गर्नु अनिवार्य छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो संगठन त्यस घटनामा संलग्नलाई यथासिघ्र कानुनी दायरामा ल्याइ कडा कारवाही गर्न र बलात्कृत किशोरीको उपचार तथा सामाजिक संरक्षण सुनिश्चितताको माग गर्दछ । साथै त्यसक्षेत्रमा रहेका सबै छाउगोठहरू भत्काउन र छाउपडि जस्तो महिलाद्वेषी प्रथाको अन्त्यको लागि अग्रसर हुन सबैमा अपिल गर्दछ ‘

वक्तव्यको पुर्णपाठ :