वाइसीएल बाँकेको संयोजकका नरेन्द्र ददेल

नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट वाइसीएल, नेपाल बाँकेको संयोजकमा नरेन्द्र ददेल चयन भएका छन् ।

आईतवार एक कार्यक्रमका विचमा ददेलको नेतृत्वमा वाइसीएल, नेपाल बाँके जिल्ला समन्वय समितिको गठन गरिएको हो ।

संगठनले दुई जना सह-संयोजक चयन गरिएको हो । जसमा लाल बहादुर खडका र सुनिल गिरी रहेका छन् । त्यस्तै संगठनको सचिवमा सुजल खड्का चयन भएका छन् ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी (सिला), नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समिती संयोजक नरेन्द्र पाण्डे (जेम्स), वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज किस्मत अलि शेष (जित), निवर्तमान जिल्ला संयोजक आकाश कार्की, माओवादी केन्द्रका युवा नेताहरु रतन शाही, सुरज जागा लगायतको उपस्थिति रहेको थियो।

लामो समय देखी टुङ्गिन नसकेको बाँके वाइसीएलको नेतृत्व बारम्बारको आन्तरिक छलफल पश्चात् सर्वसहमतीको आधारमा टुङ्गाइएको हो ।