जानकीका विपन्न किशान परिवारलाई उन्नत जातको धानको बिउ वितरण

नेपालगन्ज । नेपालगन्जका समाजसेवी युवा राजा खान नेपालगन्जद्दारा बाँकेको जानकी गाउँपालिकाका अति विपन्न गरिब किसानलाई धानको बिउ बितरण गरेका छन् ।

समाजसेवी खानद्धारा जानकी गाउँपालिकाको कर्मोहना गाउँ र कालिकापुर गाउँका ३५ बढी अति विपन्न गरिब किसानहरुलाई शनिवार घरघरमै पुगेर उन्नत जातको धानको बिउ वितरण गरिएको हो ।

उनको अभियानमा नेपालगन्जका युवा इरफान अली (अरसद), इमरान जयसगड, मोहम्मद साजिद खान लगायतका समाजसेवी युवाहरुले सहयोग गर्दै आएका छन् ।

पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेका समाजसेवी खान पछिल्लो समय विभिन्न सामाजिक कामहरुमा सक्रिय हुँदै आएका छन् ।