अछामको कमलबजार नगरपालिका पुर्ण खोप पालिका घोषणा

अछाम । अछामको कमलबजार नगरपालिका जिल्लाकै पहिलो पुर्णखोप नगरपालिका घोषणा भएको छ । पुर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शुक्रबार एक औपचारिक कार्यक्रमका बिचमा अछामका १० वटा स्थानीय तह मध्य कमलबजार नगरपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको हो ।

नगरपालिकामा रहेका १६ महिना देखी ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपनाका लागी पुर्ण खोप पालिका घोषणा गरिएको नगरपालिकाका हेल्थ असिस्टेन्ट टेकबहादुर बिष्टले जानकारी दिनुभयो ।

नगरपालिका खोप समन्वय समितीका अध्यक्ष एव नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको उक्त पुर्ण खोप घोषणा कार्यक्रमको प्रमुख अतिथी शुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि प्रसाद लम्साल, बिशिस्ट अतिथी बिनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, अछामका प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्साल, शिक्षाविद प्रा. डा. बिधानाथ कोइराला, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत झपट बोहोरा, नगरपालिकाका बिभिन्न वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, शिक्षक, स्वयंसेविका कर्मचारी, स्वास्थ्यकर्मी लगायत विभिन्न सरोकारवाला व्यक्तित्वहरुको सहभागीता रहेको हेल्थ असिस्टेन्ट बिष्टले जानकारी दिनुभयो ।