लागुऔषधको संगठित जालो तोडन बाँके प्रहरीले थाल्यो विशेष अभियान

नेपालगन्ज । बाँके प्रहरीको नेतृत्व फेरिए संगै जिल्लामा लागूआौषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अभियानमा तिव्रता आएको छ ।

बाँके प्रहरी प्रमुखका रुपमा भर्खरै आएका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको विशेष पहकमा बाँकेको नेपालगन्ज लगायतका स्थानमा लागूआौषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको विशेष अभियान सुचारू गरिएको छ ।

यस अभियानलाई सार्थक तुल्याउनको लागी नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबिच सम्झौता पत्रमा हस्ताक्षर समरत भएको छ ।

सम्झौतापत्रमा जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट प्रहरी उपरीक्षक एसपी तुल बहादुर कार्की र उपमहानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खडकाले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतामा लागूऔषध दुव्र्यसन पीडितलाई समाजमा पुनर्स्थापना गर्ने, लागूऔषध विरुद्ध सरोकारवाला निकायबिच सहकार्य गरी अगाडि बढ्ने, समुदाय प्रहरी साझेदारीलाई प्रबर्दन गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य रहेको छ ।

साथै नेपालगञ्जका फार्मेसी तथा औषधि पसलहरुको अनुगमन गरी कारबाही गर्ने, दुर्वयसनी जोखिम स्थान र व्यक्तिहरुको पहिचान र अभिलेख राख्न लागु पदार्थ चेकजाच किटको व्यस्थापन गरी प्रभावकारी चेकजांचको ब्यबस्था मिलाउने, सीमानाका तथा शंकित स्थानमा निगरानी गर्ने लगायतका कार्यक्रम गरीने भएको छ ।

स्थानीय सरकार सहित आम सरोकारवालाहरु संगको सहकार्यमा केही महिना भित्रै लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानूनी कारबाहीलाई तीब्रता दिने अभियानको उद्देश्य रहेको बाँके प्रहरी प्रमुख एसपी कार्कीले बताए ।