नेपालगन्जको टन्टलापुर घाममा समाजसेवी राजा खानद्धारा पानि वितरण

नेपालगन्ज । पछिल्लो समय विभिन्न समाजसेवाका कामहरुमा सक्रिय भएका लाग्नुभएका नेपालगन्जका राजा खानले शुक्रवार नेपालगन्जको टन्टलापुर घाममा पानि वितरण गरेका छन् ।

नेपालगन्जमा अत्याधिक गर्मी बढसंगै सर्वसाधारणका लागी भेरी अस्पतालको मुल गेटमा स्टल खडा गरेर विरामीका कुरुवा र आम सर्वसाधारणको लागी नि;शुल्क रुपमा चिसो सर्वत र पानि वितरण गरेका हुन् ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका खान पछिल्लो समय विभिन्न सामाजिक सेवामा सक्रिए छन् ।

उनको अभियानमा नेपालगन्जका समाजसेवी युवा तथा पत्रकार इरफान अलि(अरसद) लगायतका दर्जनौ युवाहरुले खानले गर्ने विभिन्न समाजसेवाका काममा सहयोग गरिरहेका छन् ।

नेपालगन्जमा यो चौथो चरणकको पानि वितरणको काम भएको र आगामी दिनमा समेत वितरण गरिने उक्त अभियानमा क्रियाशिल समाजसेवी युवा इरफान अलिले जानकारी दिए ।