नेपाल उद्योग व्यापार महासंघ जुम्लाको अध्यक्षमा मनोज बुढा

खलंगा , जुम्ला नेपाल उद्योग व्यापार महासंघ जुम्लाको प्रथम भेलाबाट अध्यक्षमा मनोज बुढा मगर चयन भएका छन । बिहिवार जुम्लाको खलंगामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट मनोज बुढा मगर चयन भएका हुन ।


भेलाले मगरको अध्यक्षतामा २५ सदस्यीय समिति समेत गठन गरेको छ । त्यस्तै भेलाले महासंघको उद्योग उपाध्यक्षमा भागरति रावल भण्डारी बाणिज्य उपाध्यक्षमा रतन रावत महासचिवमा मन बहादुर बोहरा समिर कोषाध्यक्षमा सृजना शाही चयन भएका छन । भेलाले २५ सदस्यीय समिति घोषणा गर्दै ब्यवसायिका हक हित र उत्थानमा लड्ने जनाएको छ ।

कार्यक्रममा पुर्व मन्त्री तथा माओवादी केन्द्रका कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेतले अब मुलकलाई समृद्धिको बाटोमा लिन ब्यवसायको उत्थान र बस्तुको उत्पादन नै रहेको बताए ।
कार्यक्रममा लघु ओद्योगिक ग्राम सुर्खेतका अध्यक्ष तथा महासंघका प्रदेश इन्चार्ज उदिराम डाँगीले साना उद्योग नभई ठूला उद्योग बन्न नसक्ने भन्दै सबै तहका मानिसहरू मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।
उनले साना तथा मझौला उद्योगहरूलाई विभिन्न तरिकाले प्रोत्साहन तथा सहयोग गरी राष्ट्रिय अर्थतन्त्र समृद्ध बनाउनका लागि उपयोग गर्नु जरुरी रहेको बताए

त्यस्तै कार्यक्रममा व्यापार महासंघका केन्द्रीय सचिव तथा कर्णाली अध्यक्ष सुर्य बिक्रम थापाले मुलुक समृद्धिका लागि आत्मनिर्भर अर्थतन्त्रको बिकास जरुरी रहेको बताए ।

विभिन्न १७ वटा संघ मिलेर बनेको महासंघले कर्णाली प्रदेशका विभिन्न जिल्लामा संगठन बिस्तार गरिरहेको छ । महासंघका साधारण सदस्य नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारी रहेका छन् ।