मानबहादुर चलाउनेको उपचारका लागी सुरु भयो अभियान

काठमाडौं । गणतन्त्रका एक सिपाई मानबहादुर चलाउने ‘मनोज’ को उपचारका लागी सहयोग अभियान सुरु भएको छ । जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मानबहादुर चलाउने (मनोज) को उपचारको लागी सहयोग अभियान सूचारु भएको हो ।

उहाँका जनयुद्धकालिन सहयोद्धा एसपी रेग्मी र सरिता किरातीले मानबहादुर बचाउ अभियानमा सुचारु गर्नुभएको थियो । उक्त अभियानमा जोडिएर थुप्रै सहयोगी व्यक्तिहरुवाट मानबहादुर चलाउनेको उपचारको लागी सहयोग गर्नुभएको थियो । उहाँको लागी हाल सम्म ४८ हजार ६ सय ६५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

जनकलाकार हुँदै जनमुक्ति सेनाको सिपाही भएर जनयुद्धमा सहभागी ४० बर्षिय चलाउनेको गम्भिर स्वास्थ्य समस्या देखिएको छ । विगत केही समय देखि स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौंको भेनस अस्पतालमा उपचार गराई रहनु भएको छ । दुबै मृगौलामा देखिएको समस्याका कारण काठमाडौंमा उपचार गराई रहनु भएको छ । उहाँको उपचारका लागि सहयोग रकम उठ्ने क्रम जारी रहेको छ ।

मृगौलामा केही समस्या देखिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको बुझिएको छ । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ । तर हाल डायलासिस प्रक्रियामा नै ठुलो रकम खर्च भइसकेको छ ।

जाजरकोटमा चलाउनेको उपचारमा सहयोग गर्ने सहयोगि मनहरूको लहर देखिएको छ । उपचारमा सहयोग गर्ने सबैलाई हृदय देखि नै आभार प्रकट गर्दै उनको परिवारले सहयोग गर्ने इच्छुक मनहरूलाई जति सक्दो चाँडो सहयोग गर्न अनुरोध गरेको छ ।

चलाउनेका जिवनसंगिनी सहित दुई छोरा र एक छोरी छन् । उनको जिवन संगिनि समेत पुर्व माओवादी लडाकु हुन् ।

यदी तपाई पनि उहाँलाई सहयोग गर्न चाहानुनुहन्छ भने, उनको नाममा लक्ष्मीसनराइज बैंकमा Man Bahadur Chalaune को नाममा रहेको खाता नं. 1020526583205001 मा जम्मा गरिदिएर सहयोग गर्न सक्नुहुन्छ । साथै उनको मो. नं. 9868161855 मा सम्पर्क गरेर समेत मिर्गौला पिडित मान बहादुर चलाउने (मनोज) लाई सहयोग गर्न सक्नुहुनेछ ।