स्कुटर चोरीमा संलग्न २ जना बाँके प्रहरीद्धारा पक्राउ
प्रकासित मिति : २०८१ जेष्ठ ३०, बुधबार १६:०९
प्रकासित समय : १६:०९
नेपालगन्ज । बाँके प्रहरीले स्कुटर चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
केही दिन अघी बजेक बाँके नेपालगंज उप-महानगरपालिका १८ स्थित सोल्टि होटल नजिकबाट हराएको स्कुटर मंगलबार भेटिएको हो ।
भे १३ प १६३४ नम्बरको उक्त स्कुटर हराएको केही दिनमै बाँके प्रहरीले फेला पारेको हो ।
उक्त स्कुटरको नम्वर प्लेट परिवर्तन गरेर प्रयोग गरिरहेको आरोपमा बाँकेको जानकी गा.पा. ३ ईन्द्रपुरमा भेटिएको थियो ।
उक्त स्कुटर चोरिको आरोपमा जानकी गाउँपालिका स्थित इन्द्रपुरका रम्जान यादव र नेपालगंज उप-महानगरपालिका ३ बस्ने मोहम्द जिसान्त सिद्दिकिलाई बाँके प्रहरीले पक्राउ गरेर चोरी कसूरमा मुद्धा चलाएको छ ।