बदनाम बन्दै सिटिइभिटी : विद्यार्थीले लगाउने पोशाकमा समेत कमिसन असुली

काठमाडौं । देशको लागी आवस्यक प्राविधिक सवै तहको जनशक्ती उत्पादन गर्ने उदेश्यले स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) पछिल्लो समय दिनप्रतिदिन बदनामित भईरहेको छ ।

कहिल्यै निजी कलेजलाई सम्बन्धन बाढने नाममा होस्, कहिल्यै कर्मचारी नियुक्ती देखी सरुवा बढुवाको नाममा होस्, कहिल्येौ छात्रवृत्ति र इन्ट्रान्सको नाममा होस्, अथवा परिषदका आङ्गिक, प्रतिस्ठान र सम्बन्धन प्राप्त शिक्षणसंस्थाले गर्ने गरेका तमाम मनोमानीले गर्दा सिटिइभिटीको गरिमा माथि प्रश्न उठ्ने मात्र हैन् सिङ्गो सिटिइभिटी शिक्षा बदनाम भइरहेका घटनाहरु एकपछी अर्को सार्बजानिक भइरहेका छन् ।

उसोत सिटिइभिटी प्राबिधिक दक्ष जनशक्ति उत्पादन गर्नेमा भन्दा दिनप्रतिदिन बेरोजगार उत्पादन गर्ने भट्टि बनेको र सम्पुर्ण हिसाबले निजिकरण र व्यापारीकरण तिर लगिएको भन्दै चौतर्फी आलोचना खेपिरहेको छ ।

यस्ता कैयन घटनाको निरन्तरता संगै काठमाडौं गौशालाको बत्तिसपुतलीमा रहेको विनाकय कलेज अफ हेल्थ साइन्सले कलेजमा अध्यायनरत प्रत्येक विद्यार्थीहरुबाट युनिफम(पोशाक)समेत कमिसन खाएको घटना सार्वजनिक भएको छ ।

उक्त घटनाको सन्दर्भमा अनेरास्ववियू (क्रान्तिकारी) विद्यार्थी संगठनको सिटिइभिटी उपत्यका जिल्ला समितीले सिटिइभिटीको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र मंगलबार ज्ञापनपत्र समेत बुझाएको छ । संगठनका केन्द्रीय सदस्य तथा सिटिइभिटी उपत्यका जिल्ला संयोजक नरबहादुर कुमालद्धारा हस्ताक्षरित उक्त पत्र परिषदका सदस्य सचिव महेश भट्टराईलाई बुझाएको हो । संगठनले परिषदका सदस्य सचिबलाई बुझाएको ज्ञापनपत्रका अनुसार गएको शैक्षिक सत्रमा प्रत्येक विद्यार्थीहरुबाट २५ सय देखी ३५ सम्म बढी शुल्क असुलेको दाबी गरेको छ । यस विषयमा यसअघी पनि राष्ट्रिय टेलिजन स्पेस फोकेले समेत समाचार समेत सार्वजनिक गरिसकेको छ । स्पेस फोके टेलिभिजनले प्रसारित गरेको समाचार अनुसार कलेजले एउटा कपडा सिलाउने टेलर संग ७ देखी ७ हजार ५ सय सम्म एकमुष्ट सम्झौता गरेर विद्यार्थीहरु संग एकमुष्ट ११ हजार देखी ११ हजार ५ समय उठाईराखेको सार्वजनिक भएको थियो ।

उक्त संगठनले कलेज प्रशासनलाई पटक-पटक रुपमा लिखित/मौखिक ध्यानाकर्षण गराउदा विद्यार्थीको पैसा फिर्ता गर्नुको साटो उल्टेै उल्टै कलेजमा अध्यानरत विद्यार्थीहरुमा प्रयोगात्मक नम्बर घटाइदिने, फेल गराइदिने सम्मको अपराधिक तरिकाले डर त्रास देखाइराखेको संगठन बताएको छ ।

केही समय पहिले परिषदको आङ्गिक कलेज बालाजु इन्जिनियर कलेजमा समेत यही प्रकृतिको घटना घटेको थियो । उक्त घटनाको सन्दर्भमा परिषदले एउटा छनबिन समिती समेत गठन गरेर आवस्यक कारबाही प्रक्रिया समेत अघाडी बढाईसकेको सन्दर्भमा उही प्रकृतिको घटना घटेको विनायक कलेजमा कुनै छानबिन/कारबाही प्रक्रिया अघाडी नबढाएर परिषद कानमा तेल हालेर बस्नु आफैमा संकास्पद विषय बनेको समेत संगठनको आरोप छ ।

नियमनकारी निकाय सिटिइभिटीको यस प्रकारको उदाशिनता, निती नियम कार्यान्वयनमा फितलोपना र कमजोर कानुनको फाईदा उठाउदैं विनायक मात्र हैन् यस्ता कैयन शिक्षण संस्थाहरुले विद्यार्थीलाई विभिन्न वहानामा दिनदहाडै लुटिरहेको बिषयमा ध्यानाकर्षण गराउदैं पोशाकको नाममा विद्यार्थीहरुबाट बढी उठाईएको शुल्क तत्काल फिर्ता गर्न, कलेज यसमा संलग्नलाई आवस्यक कारबाही गर्न माग गरेको छ ।

केही समय पहिले बालाजु कलेजमा समेत यस्तै प्रकृतिको घटना सार्बजानिक भएको थियो । उक्त बिषयमा सिटिइभिटीका डाइरेक्टर टैलेन्द्र आचार्य नेतृत्वमा छानबिन समिती बनेर संगल्न कर्मचारीलाई कारबाही गरिसकेको छ ।

यस्तो छ ज्ञापनपत्र :