यी हुन् बजेटका पाँच उद्धेश्य र प्राथमिकताका क्षेत्र

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५ वटा प्राथमिकताका क्षेत्र र ५ उद्धेश्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिएका हुन् ।

उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलामा तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको छ । त्यस्तै, मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पनि बजेटको उद्धेश्य रहेको अर्थमन्त्री पुनले बताए ।

आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धनलाई पहिलो प्राथमिकताको क्षेत्रमा राखिएको छ भने कृषि, ऊर्जा सूचना प्रविधि, औद्योगिक प्रवर्द्धन र पूर्वाधार विकास दोस्रो प्राथमिकतामा छ । त्यस्तै, शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको विकास तेस्रो र समावेशिता र सामाजिक शिक्षा चौंथो प्राथमिकताको क्षेत्र तोकिएको छ । 

सुशासन प्रवर्द्धनलाई सरकारले पाँचौं प्राथमिकताको क्षेत्रमा राखेको अर्थमन्त्री पुनले जानकारी दिए ।