सरकारले ल्यायो १८ खर्ब ६० अर्बको बजेट, चालू वर्षको तुलनामा ६ प्रतिशत बढी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ ।

संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले १८ खर्ब ६० अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभयो । जसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

त्यस्तै,  पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड छुट्याईएको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले र संशोधित अनुमानभन्दा २१.५६ प्रतिशत बढी हो ।