पञ्चायतकालिन झल्को दिनेगरी आधा रातमा विनाकारण गिरफ्तार गरियो : विद्यार्थी नेता राई

काठमाडौं । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय संयोजक मिलन राईले पञ्चायतकालिन समयको झल्को दिनेगरि आधा रातमा बिनाकारण गिरफ्तार गरि प्रहरीलाई गालि गरेको भनी अभद्र व्यबहारको हास्यास्पद झुटा मुद्दा लगाइएको बताएका छन् ।

विद्यार्थी नेता राईले गृहप्रशासनले हातमा हतकडी लगाउन सक्छ तर मृत्युु या मुक्ति लडाइँमा हिडेको योद्धालाई गलाउन र क्रान्तिकारी विचारलाई डगमगाउन नसक्ने बताए ।

प्रतिबद्धता झन दृढ भएको बताउदै उनले आवश्यकतामा बलिदानीको कोटा चुकाइने तर विचारमा सम्झौता नगरिने बताए ।

न्यायको जित भएको र षड्यन्त्रहरु परास्त भएको बताउदै नेता राईले सबै षड्यन्त्रको जवाफ समय आएपछि दिइने समेत बताए ।

उनले गैरन्यायिक गिरफ्तारीका विरुद्ध संघर्ष गर्ने, रिहाईको पहल गर्ने र सुभेक्षा सहानुभूति प्रकट सबैप्रति आभार प्रकट गर्दैं सहित धन्यवाद समेत दिएका छन् ।

विद्यार्थी नेता राईको प्रतिक्रिया :-

राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो । पञ्चायतकालिन समयको झल्को दिनेगरि आधा रातमा बिनाकारण गिरफ्तार गरि प्रहरीलाई गालि गरेको भनी अभद्र व्यबहारको हास्यास्पद झुटा मुद्दा लगाइयो ।
गृहप्रशासनले हातमा हतकडि लगाउन सक्छ तर मृत्युु या मुक्ति लडाइँमा हिडेको योद्धालाई गलाउन सक्ने छैन, क्रान्तिकारी विचारलाई डगमगाउन सक्दैन । प्रतिबद्धता झन दृढ भएको छ, आवश्यकतामा बलिदानीको कोटा चुकानइनैछ तर विचारमा सम्झौता गरिनेछैन ।
अन्ततः न्यायको जित भएको छ, षड्यन्त्रहरु परास्त भएको छ । सबै षड्यन्त्रको जवाफ समय आएपछि दिइनेछ ।

मेरो गैरन्यायिक गिरफ्तारीका विरुद्ध संघर्ष गर्ने हाम्रो प्रिय संगठन अखिल(क्रान्तिकारी) का सबै तहका योद्धाहरुलाई विशेष धन्यवाद । रिहाइको लागि पहल गर्नुहुने पार्टी, संगठनका फ्याक्सन इन्चार्ज, संगठनका सहसंयोजकहरु, कार्यालय सदस्यहरु, सचिवालय, केन्द्रीय समिति लगायत सबैलाई, पार्टीका सबै जवस, मित्र विद्यार्थी संगठन, फरक पार्टीमा रहेर पनि चिन्ता सहित पहल गर्नुहुने नेतागणहरु, आफन्त, परिवार, पत्रकार र सुभेक्षा सहानुभूति प्रकट गर्नुहुने सबैप्रति आभारी छु, हार्दिक धन्यवाद ।