घट्यो पेट्रोलियम पदार्थको मूल्य
प्रकासित मिति : २०८१ जेष्ठ २, बुधबार २१:३५
प्रकासित समय : २१:३५
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएको छ ।
निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाइएको छ ।