शैलुङप्रति बयोवृद्धाको आकर्षण : ६० जना जेष्ठ नागरिकले गरे भ्रमणमा
काठमाडौँ,दोलाखाको शैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनशहन, कला परम्परा र त्यस क्षेत्रका वासिन्दाको सकृयताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भैरहेको छ ।
काठमाडौंसहित देशका विभिन्न स्थानबाट शैलुङ भ्रमण गर्नेहरूको संख्या बढ्दो छ । यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिकर्मी एवम समाजसेवी रहेकाछन् ।
पछिल्लो समय भारत, चीन लगायतका देशबाट समेत पर्यटन आइरहेको बताउँछन समाजसेवी शोभित उप्रेती । उप्रेतीकै पहलमा शुक्रबार काठमाडौं वडा नम्बर ३१ का ६० जना जेष्ठ नागरिक शैलुङतर्फ लागेकाछन् । त्यहाँ उनीहरले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उप्रेतीले जानकारी दिए ।
शैलुङ भ्रमणमा जान पाउँदा जेष्ठ नागरिकहरुले प्रसन्नता व्यक्त गरेकाछन् । ६० जनाको टोली शनिबार साँझ काठमाडौं फर्कनेछ ।