डोल्पा डढेलो नियन्त्रणका क्रममा घाइते थप २ नेपाली सेनाको मृत्यु
प्रकासित मिति : २०८० चैत्र २७, मंगलवार १९:४२
प्रकासित समय : १९:४२
काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ ।
उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा रहेका छन ।
उनीहरूलाई नेपाली सेनाको हवाई साधनबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अहिले घाइतेमध्ये एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि सोमबार डोल्पा जिल्ला अस्पतालमा उपचारका क्रममा एकजना सैनिक जवानको निधन भएको थियो । यो सँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ ।