सुर्खेतमा शिक्षिकाबाट ५ कक्षाका विद्यार्थी निर्घात कुटपिट

विरेन्द्रनगर, सुर्खेतमा एक जना शिक्षिकाले ११ वर्षे विद्यार्थीलाई निर्घात कुटपिट गरेकी छन । शिक्षिकाले कक्षा कोठामा हल्ला गरेको भन्दै निर्घात कुटपिट गरेकी हुन । बिद्यालय स्रोतकाअनुसार वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयकी शिक्षिका चेतना भण्डारीले कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्र ललित रेग्मीलाई कुटेको बालकका आफ्न्तले बताएका छन् ।

अंग्रेजी विषय पढाउने शिक्षिका भण्डारीले लठ्ठीले पटक पटक हान्दा बालकको पाखुरा भन्दामाथि नीलडाम बसेको छ । विद्यार्थीलाई कुटेको घटना बिहीबार दिउँसो करिब १ बजेको भए पनि ढिलोगरि बाहिरिएको हो ।

शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरिसकेपछि विद्यालयका अन्य शिक्षकहरूले विद्यालयमा लडेर चोटपटक लागेको भन्दै बालकलाई घरमै पु¥याउन गएका थिए ।

‘बाबुलाई खेल्दै गर्दा लडेर शरीरमा चोटपटक लागेको भन्दै विद्यालयका कर्मचारीहरूले घरमा लगेका रहेछन् । तर, शिक्षकहरू फर्किएपछि ललितले घरमा म्याडमले कुटपिट गरेको कुरा खुलाएका थिए,’ बालकका एक आफन्तले भने, ‘बाबु ९ललित०लाई बाटोमा खाजा खुवाएछन्, प्राटिकलमा नम्बर हाल्दिने आश्वासन दिएर टिचरले कुटेको कुरा कसैलाई नभन्न भनेका रहेछन् ।’

प्रधानाध्यापक नेत्रमणि चालिसेले बालकलाई कुटपिट गरिएको कुरा सामान्य भएकोले विद्यालय प्रशासन र अभिभावक लगायतसँग छलफल भएर घटना मिलाइ सकिएको बताए । ‘घटना सामान्य हो । हिजो नै अभिभावकसँग कुराकानी भइसकेको थियो,’ उनले भने, ‘हामीले शिक्षिकालाई घटनाका विषयमा स्पष्टीकरण मागेका छौं ।’अनलाइनखबरबाट