माओवादीको विधान अधिवेशन सबै तहमा प्रत्यक्ष निर्वाचन

केन्द्रीय समिति १९९ सदस्यीय रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रज्ञा भवनमा बसेको विधान अधिवेशनले सबै कमिटी निर्वाचन प्रणालीबाट आउने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनका अनुसार बैठकले संगठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता नै रहने, महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति सदस्य चयन गर्ने, केन्द्रीय समिति सदस्यको प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्ने निर्णय भएको छ ।

केन्द्रीय पदाधिकारी ११ सदस्यीय रहने, केन्द्रीय समिति १९९ सदस्यीय रहने, पदाधिकारीको कार्यलय बनाउने, पोलिट्ब्यूरो सदस्य एक तिहाइ– ६७ जना रहने, सदस्य हुनको लागि उमेर– १८ वर्ष कायम रहने, जेष्ठ कम्युनिष्ट मञ्च नै रहने निर्णय गरेको बताए ।

अनुशासन, लेखा परीक्षण र निर्वाचन आयोग भन्ने र केन्द्रमा बढीमा १५ सदस्यीय, प्रदेशमा ९ सदस्यीय र तल ५ सदस्यीय बनाउने, पार्टीको नाम तत्काल यथावत राख्ने, आवश्यकता अनुसार समयसापेक्ष बनाउन सकिने, चुनाव चिन्ह यथावत राख्ने, पार्टीको सदस्यता नविकरण २र२ वर्षमा गर्ने, उपत्यका विशेष प्रदेश समिति र सम्पर्क समिति यथावत रहने, सदस्य र पदाधिकारीको योग्यता र कार्यवधिबारे नियमावलीमा व्यवस्था गर्ने, प्रदेशलाई बलियो बनाउने, जिल्ला समन्वय समिति नै यथावत राख्ने, जवसबारे विचार स्वीकार गर्ने गरी स्वायत्त ढंगले सञ्चालन हुन दिने निर्णय गरेको बताए ।