डोल्पाको मुड्केचुला गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

दुनै, डोल्पको मुड्केचुला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १३ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार शसस्त्र जनयुद्ध थालनी भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तत्कालीन जनयुद्धको आधार इलाका रुपमा रहेको मुड्केचुला गाउँपालिकाले एक सुचना निकाल्दै मुलुकमा गणतन्त्र स्थापनाको मुख्य आधार जनयुद्ध भएको उल्लेख गरिएको छ ।

उक्त दिनमा गाउँपालिका माताहत रहेका सरकारी कार्यालय,बिद्यालय लगायतका सम्पूर्ण संघ संस्थामा सार्वजनिक बिदा दिइएको अध्यक्ष दत्त बहादुर शाहीले बताए ।