जाजरकोटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

खलंगा, जाजरोकटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो ।

आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनि विदा दिने निर्णय सार्वजनिक गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराम पोखरेलद्धारा हस्ताक्षर गरिएको प्रेस नोटमा यही माघ २७ गते नलगाड नगरपालिकाको २९ औं नगर कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको बताईएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा रहेको सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेलाई स्मण गर्दै नलगाड नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, बिषयगत शाखा र सवै विद्यालयहरुमा सार्वजनिक विदा दिने प्रेस नोटमा जनाईएको छ ।

विगत बर्षहरुमा फागुन १ गतेदेखि ३ गतेसम्म जनयुद्ध दिवसलाई स्मरण गर्दै नलगाड साँस्कृतिक महोत्सव संचालन गर्दै आएको नलगाड नगरपालिकाले यस बर्ष फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।