शिवालय गाउँपालिकाको १३ औँ गाउँसभा : प्राथमिकतामा कृषि

जाजरकोट । शिवालय गाउँपालिकाको १३ औँ गाउँसभाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय कृषि तथा पशुपन्छी ऐन, २०८० पास गरेको छ । पालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई ब्यवस्थित गर्न कृषि तथा पशुपन्छी ऐन २०८० पास गरेको हो ।

सेभ द चिल्ड्रेनको श्रोत साझेदारीमा संचालित अवसर दोश्रो परियोजना अन्तर्गत पहाडी क्षेत्र विकास अभियानले कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन यस अभ्यासमा प्रकृया सहजिकरण गरेको थियो ।

किसानको मौलिक हक र नागरिकको खाद्य सम्प्रभुता एवं समग्र किसानको सशक्तिकरण गर्दै कृषि प्रणाली तथा यसको मुल्य शृंखलामा सुशासन कायम गर्न पालिकाले ऐन पास
गरेको पालिका उपाध्यक्ष गिता शाहीले बताइन । शाहीका अनुसार किसानलाई सेवा सुविधा साथै सामाजिक सुरक्षाको अभ्यास गर्नको लागि यो ऐनले सरकारलाई महत्त्वपूर्ण सहयोग गर्ने बताइएको छ।

साथै कृषि पेशालाई मर्यादित बनाउन गाउँपालिकालाई व्यवसायीकरणमा अन्य कृषि वस्तुसंगै प्राथमिकतामा राखेर अगाडी बढ्न ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले बताए । अध्यक्ष शाहीले कृषि क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेको बताए ।