घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु

घोराही,दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो ।

सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित हुने र अनलाइन नक्सा पाश प्रणालीले फाइल राख्न र खोज्न हुने झन्झट र समयको बचत हुने बताइएको छ ।

यश प्रणाली सुरुवात संगै जग्गा नापजाँच वडाबाटै सम्बन्धीत वडाको अमिनबाट हुने छ भने सर्जिमिन मुचुल्का साधियार हस्ताक्षर १५ दिने सुचना सम्पुर्ण वडाबाट हुने र प्रमाणपत्र लिन मात्रै नगरपालिका आउनुपर्ने हुन्छ भने राजस्व समेत सम्बन्धित वडाबाट नै तिर्न सकिने छ ।

अनलाइन नक्सा पाश प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका मेयर नरु लाल चौधरीले युग अनुसारको सेवा प्रवाह गर्नु हाम्रो जिम्मेवारी रहेको र सरकारले बनाएको पोलेसी भित्र रहर हामिले घोराही उपमहानगरपालिकालाई प्रबिधि मैत्री बनाउने कदममा पाइला चालेका छौ र यो अनलाइन नक्सा पाश प्रणालीले स्थानीय नगरबासीलाई घरमै बसेर सेवा लिन सकिने बाताबरण तयार गरेको बताएका छन् ।

त्यस्तै आजनै घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणाली मार्फत सेवाग्राहीलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । प्रणाली सुरुवात संगै चुडामणि घर्ती मगरले पहिलो प्रमाणपत्र प्राप्त गरेको घोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डिसिले जानकारी दिनुभएको छ ।

निन्जा इन्फोसिस प्रालीले तयार गरेर हस्तान्तरण गरेको अनलाइन नक्सा पाश प्रणालीको शुभारम्भ कार्यक्रममा निन्जा इन्फोसिसका सफ्टवेयर इन्जिनियरहरुको उपस्थिति रहेको थियो ।

निन्जा इन्फोसिस प्रालीले स्थानीय तहलाई प्रबिधि मैत्री बनाउन र पुर्णतया डिजिटलाइट गर्न ईपालिका सफ्टवेयरको निर्माण समेत गरेको छ र सोही प्रणालीको एउटा मोडुलरको रुपमा घर नक्सा पाश प्रणाली रहेको निन्जा इन्फोसिस प्रालीका प्रबन्ध निर्देशक सागर देवकोटाले बताएका छन्।

देवकोटाका अनुसार अनलाइन नक्सा पाश प्रणालीले फाइल राख्न र खोज्न हुने झन्झट र समयको बचत हुनुका साथै डाटाहरुको रेकर्ड कति दर्ता भए, कति इजाजत गए जस्ता सम्पुर्ण रेकर्डहरु तुरुन्त हेर्न मिल्ने हुँदा सेवा दिने र सेवा लिने दुबैमा सहजता हुने बताएका छन् ।

अनलाइन नक्सा पाश प्रणालीको शुभारम्भ कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषि राम केसी, पुर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, इन्जिनियर मधुसूदन खतिवडा लगायतको सहभागीता रहेको थियो ।