पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा मुगुका रोकाया निर्वाचित

काठमाडौं, अभियन्ता तथा व्यवसायी देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन । काठमाडौंमा सम्पन्न संगठनको प्रथम अधिवेशन मार्फत उपाध्यक्षमा चयन भएका हुन् । नयाँ केन्द्रिय कमिटी ५१ सदस्यिय रहेको छ ।देशको मुख्य आर्थिक श्रोतका रुपमा स्थापित पर्यटन क्षेत्र संग सम्बन्धित गतिविधीहरु सञ्चालन गर्दै आएको संगठनको ५१ सदस्यिय केन्द्रिय कमिटी रहेको छ ।

रोकाया यसअघि उनि कर्णाली पर्यटन उद्यमि समाजको अध्यक्ष, नेपाल भ्रमण वर्ष २०२० को सदस्य, भिटोफ नेपालमा केन्द्रिय सदस्य, नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक (कर्णाली) लगायतका पदहरुमा रहि कार्यसम्पादन गरेको अनुभव रहेको छ । लगायतका बिभिन्न समाजिक संस्थाहरुमा आबद्ध छन ।

राराको पर्यटनमा दिलो ज्यान दिएर लागि परेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटन बिकासमा कार्यरत छन । ‘कर्णाली बिना नेपालको पर्यटन अधुरो र अपुरो हुन्छ’ चयन भएपछि रोकाया भन्छन् ‘कर्णालीको भविष्य पनि पर्यटनमै छ ।’

यसका लागी आधार स्तम्भहरु निर्माणमा आफु सक्रिय हुने उनको भनाई छ । रोकाया रारा एडभेन्चर प्रा. ली. र रारा मुर्मा होमस्टेका संचालक समेत हुन ।