कर्णालीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

काठमाडौं, कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। आज भएकाे निर्वाचनको परिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार रहेका छन् ।

महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेकी छन् ।

दलिततर्फ नेकपा माओवादीका विष्णु विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् । अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका डिल्लीप्रसाद भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका छन् ।