अखिल (क्रान्तिकारी) द्धारा सिटिईभिटी कार्यालय घेराउ (तस्बिर सहित)

काठमाडौं । मिलन राईले नेतृत्वको गरेको अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय आज घेराउ गरेको छ ।

राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय कार्यालय घेराउ सहितको विरोध प्रदर्शन गरेको हो ।

प्राविधिक शिक्षामा निजिकरण र व्यापारीकरणको अन्त्य गर, आर्थिक चलखेलका आधारमा दिन खोजिएको स्वास्थ कार्यक्रमको सम्बन्धन प्रक्रिया खारेज गर, चिकित्सा ऐन विपरित चलखेलका आधारमा दिन खोजिएको नर्सिङको सन्चालन अनुमति खारेज गर, कथित शिक्षा समितीको निर्देशन खारेज गर, सिटिईभिटीलाई बिचौलिया मुक्त गर, मधेश प्रदेशमा मेरिट भर्ना र छात्रवृत्तिमा बदमासी गर्ने कर्मचारीलाई कारबाही गर, बदमासी गर्ने शिक्षण संस्थाको संम्बन्धन खारेज गर लगायत नाराहरु लगाएर विद्यार्थीहरुले केहीवेर नाराजुलुस समेत गरेका थिए ।

विरोध सहितको कोण शभालाई संम्बोधन गर्दैं संगठनका विश्वविद्यालय-सिटिईभिटी प्रदेश संयोजक डिबी शाहीले बदनियतपुर्ण आर्थिक चलखेलका आधारमा दिन खोजिएको स्वास्थ कार्यक्रमको सम्बन्धन प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

साथै उनले संसदीय शिक्षा समितको निर्देशनको हवाला दिएर आर्थिक चलखेलका आधारमा चिकित्सा शिक्षा ऐनको मापदण्ड नपुगेर २०७५ सालमै बन्द भएका नर्सिङ कलेजहरुलाई उनिहरुको मापदण्ड नपुगाएरै पुर्न: सन्चालनको अनुमति दिन खोजिएको समेत बताए ।

त्यस्तै उनले मधेश प्रदेशमा छात्रवृत्ति र मेरिट लिस्टको आधारमा गरिएको भर्ना प्रक्रिया र छात्रवृत्तिमा आर्थिक चलखेलका आधारमा बदमासी गर्ने मधेश प्रदेशको मिर्चैया नर्सिङ कलेज र शुभस्वस्तिक नर्सिङ कलेज लगातका सवै शिक्षण संस्थाको सम्बन्धन खारेज र परिषदको मधेश प्रदेशका कार्यालय तत्कालिन प्रमुख अर्बेन्द्र चौधरी सहितका कर्मचारीहरुमो समेत मिलेमतो देखिएकोले आवस्यक छानबिन गरेर कारबाही गर्न र पिडित विद्यार्थीहरुलाई न्याय दिलाउन समेत माग गरेका छन् ।

सामान्य निम्न बर्गको जनताका छोराछोरीलाई प्राविधिक तथा व्यावसायिक रुपले दक्ष बनाउने उदेश्यले स्थापना भएको सिटिईभिटी पछिल्लो समय बदमाम भएको भएको बताए ।

उक्त कार्यक्रममा संगठनका कार्यालय सदस्य तथा विश्वविद्यालय सिटिईभिटी प्रदेश इन्चार्ज नवराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।