यस्तो देखियो हुम्लामा माओवादी रूपान्तरण अभियानको रौनक : भिडियो सहित

सिमकोट, हुम्ला नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट एकसाथ सुरु गरेको अभियान ४ महिनापछि सम्पना भएको हो ।

त्यस्तै घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले हुम्लामा नयाँ जागरण ल्याएको दाबी अभियानका इन्चार्ज झक बहादुर मल्ल सुदिपले बताएका छन ।

असोज ६ र ७ गते चंखेलीको मिमीमा जिल्ला समन्वय समिति हुम्लाको मध्यकालीन समीक्षात्मक बैठक तथा प्रशिक्षण अभियानका जिल्ला इञ्चार्ज झकबहादुर मल्लको अध्यक्षतामा पार्टी उप महासिचव तथा प्रदेश इञ्चार्ज मातिृकाप्रसाद यादवको प्रमुख आतिथ्य र प्रदेश अध्यक्ष विमला केसीको उपस्थितिमा बसेको थियो।

मल्लका अनुसार अभियानको मध्यकालीन संश्लेषण हुँदा अभियान उत्साहजनक रुपमा सम्पन्न भएको बताइएको छ। त्यस्तै जिल्लाको मुल टिमले अभियानको स्प्रीडलाई आत्मसात गरी परिचालित भएको दाबी गरिएको छ ।

हुम्ला पर्वतीय क्षेत्रको एक प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र हो। यो मानसरोवर कैलाशको प्रवेशद्धार पनि हो। यसैले यहाँको लिमी उपत्यकाको लोलुङजोङ, हल्जी गुम्बा, हिल्सा, नारा लेक, रानीसैन, याल्बाङ गुम्बा, लेकधिगा, खार्पुनाथ, रल्लिङ गुम्बा, पञ्चमुखी हिमाल, भीउदूलो, बाह्रदेउ, मारघोर लेक, छिन्ट्या ढुङ्गा, न्यारीको चौर, तल्छरीको झरना, नेप्का, गोरख हिमाल, चंखेली लेक, मालिका, मेथा, मदना खौला, रामाको भूमिगत दरवार लगायतको गन्तव्य स्थापित गरी प्रचार प्रसार गर्न प्रतिबद्ध  अभियानको अध्ययन अनुसार जनताले नेताहरुको रुपान्तरण चाहेका छन्। नेता कार्यकर्ताले क्रान्तिकारी पार्टी चाहेका निश्कर्ष सहित अभियान सम्पन्न भएको बताइएको छ ।

भिडियो…