बयोबृद्धालाई न्यानो कपडा बितरण गर्दै उपाध्यक्ष बम

कालिकोट, पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बम बबिताले चिसोको मौसमलाई मध्य नजर गर्दै बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरेकी छन । पालिकाको बिभिन्न वडा पुगेर घरदैलो मार्फत न्यानो कपडा बितरण गरेकी हुन ।

 

पालिकाको वडा नं १ सिकु राम्रागाउँ पुगेर ७० बर्ष माथिका बृद्धबृद्धाहरुलाई बितरण गरेको उपाध्यक्ष बमले जानकारी दिइन । उपाध्यक्ष बमका अनुसार जाडो बढेसंगै बृद्धबृद्धाहरुको स्वास्थ्यमा ख्याल राख्दै उपाध्यक्ष बमले न्यानो कपडा बितरण गरेकी हुन । वडा नं १ मा ७८ जना र वडा नं २ का५६ जना बृद्धबृद्धाहरुलाइ बृद्धाबृद्धालाई न्यानो कपडा बितरण गरिएको बताइएको छ ।

उपाध्यक्ष बमले हिमाली भेकमा हिउँदे सिजनमा जनजिवन कष्टकर भएकोले उपाध्यक्ष कबार्यक्रमबाट बृद्धबृद्धालाई न्यानो कपडा उपलब्ध गरेको बताइन ।