बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ, राष्ट्रियसभाको उम्मेदवार तय गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बालुवाटारमा बसिरहेको छ। आइतबार बिहान सत्ता गठबन्धनबीच उम्मेदवारी बाँडफाँट टुंगिएको थियो। साे लगत्तै पदाधिकारी बैठक सुरु भएकाे छ ।

गठबन्धनबीचकाे सहमतिअनुसार माओवादीले ६ सिट पाउनेछ । ६ जना उम्मेदवारको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका हुन्।