कस्मेटिक सामानको नक्कली उत्पादन गर्ने एक ब्यक्ती पक्राउ

काठमाडौं | कस्मेटिक सामानको नक्कली उत्पादन गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।

परेली आयुर्वेद हाउस, भक्तपुरकाे कस्मेटिक उद्योगकाे नाम दर्तानम्बर हुबहु राखी जाइफल तेल नामकाे सामान उत्पादन गरी बिक्री वितरण गरेको कारण मैतीदेवी काठमाडौं मा बस्ने सुमन श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरी बृत सिंहदरबारकाे टोलीले सो सामानको प्रेस प्रिन्ट गर्ने छापाखाना हारती प्रेस बागबजारबाट निजलाई पक्राउ गरिएकाे हो ।

सुमन श्रेष्ठले टेली एक्प्रेस प्रा.ली नामकाे कम्पनी खडा गरी विभिन्न सामान नकली उत्पादन गरी बिक्री वितरण गरेको पाइएको छ ।

निजलाई उजूरीकाे आधारमा प्रक्राउ गरिएको हो र अरू कम्पनी तथा ब्यक्तीहरु ले पनि परेली आयुर्वेद हाउसकाे नाम दर्ता नम्बर र ठेगाना राखी जाइफल तेल उत्पादन गरेको र बिक्री वितरण गरेको सूचना प्राप्त भएको र छिटै पक्राउ पर्ने जानकारी प्राप्त भएकाे छ।
गैरकानुनी कार्य गर्ने सुमन श्रेष्ठलाई प्रहरी वृत्ति सिंहदरबार हिरासतमा राखिएको छ ।