उर्जा तथा जलस्रोत मन्त्री बिश्वकर्माद्धारा नौफेरी सिचाई अनुगमन

छिटो सम्पन्न गर्न ताकेता

खलंगा,जाजरकोट कर्णालि प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री उर्मिला बिश्वकर्माले बारेकोट गाउँपालिका वडा २ र ३ मा रहेको नौफेरि सिँचाइ अनुगमन गरेकी छन । भुकम्प प्रभावित क्षेत्र बारेकोट पुगेकी मन्त्री विश्वकर्माले प्रदेश सरकारद्धारा सुरू भएका आयोजना अनुगमन गरेकी हुन ।

बारेकोट गाउँपालिकाका वडा २ र ३ मा सुचारु पाँचवर्षे योजनालाई छिटो सञ्चालन गर्नको लागि योजनाको अहिलेसम्माको कामको प्रगतिबारे बुझेकी थिइन ।

अनुगमनमा नेकपा माओवादी केन्द्र अध्यक्ष हरि बहादुर थापा कर्णाली प्रदेश बैकल्पिक सदस्य धन बहादुर नेपाली वडा २ अध्यक्ष वीर बहादुर घर्ती वडा ३ अध्यक्ष राम बहादुर सिंह उपभोक्त समितिका अध्यक्ष ओम बहादुर नेपाली निर्माण कम्पनीका पुर्ण रोकाय लगायतको टिम सहभागी रहेको थियो ।