विद्यालयको पढाई छुटाएर विद्यार्थीलाई महोत्सवको र्‍यालीमा

नेपालगञ्ज। बाँकेको नेपालगन्जमा सुरु भएको छैठौं नेपालगञ्ज महोत्सवका नाममा बिद्यार्थीहरुकाे प्रयाेग भएकाे पाइएकाे छ । पछिल्लाे समय महाेत्सवका नाममा स्कुले बिद्यार्थीहरूकाे बढि प्रयाेग हुने गरेकाे पाईएकाे हाे ।

बिहिवार देखि नेपालगञ्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा स्कुलकाे पढाई बन्द गरेर स्कुले बिद्यार्थीकाे प्रयाेग गरिएकाे छ । हामीले आफ्ना छाेराछाेरीहरूलाई स्कुलमा पढन् पठाएका हाैं तर स्कुलले आफ्ना छाेराछाेरीहरूलाई महोत्वसका नाममा सडकमा जयजयकार गर्न पठाएर दुख दिएकाे एक अभिभावकले बताए ।

महाेत्सवमा सहभागी एक शिक्षिकाले भनिन् मेलाका नाममा विद्यार्थी प्रयाेग गर्न मिल्दैन र बालबालिकालाई सास्ति दिनु राम्रो हैन तर केहि सिकाईहाेस् भनेर सहभागी गराईएकाे बताईन् ।

पछिल्लो समय महाेत्वसका नाममा बिभिन्न कार्यक्रमहरू गरेर स्कुले बिद्यार्थी प्रयोग गर्नु उचित नभएको स्थानीयबासी बताउँछन् ।