अछामबाट एक घाईते गर्भवती महिलाको उद्दार

अछाम । अछाममा गर्भवती एक जना महिलाको उद्दार गरिएको छ । जिल्लाको ढकारी गा.पा. ७ ढिल्की स्थाई घर भएकी ३४ बर्षिय कल्धरी थापाको उद्दार गरिएको हो ।

थापा गर्भवती रहेको र घाँस काटेर घर फर्किने क्रममा ढकारी स्थित बड्डोखोलाको बाटोमा १५० मिटर तल लडेर टाउको खुट्टा र निधारमा सख्तचोट सहित घाईते भएको अवस्थामा भेटिएकी थिइन् ।

उनलाई ढकारी गा.पा.को पहलमा नेपालीसेनाको हेलिकप्टर मार्फत उद्दार गरि उपचारको लागि सुर्खेत तर्फ पठाईएको छ ।